काठमाडौं, चैत २९ | एस टोस्टमास्टर्स क्लबको पहलमा सञ्चालन गरिएको विशेष सहकार्य अभियान ‘मार्चिङ टुगेदर’ को मार्च महिनाभर सफल समापन गरिएको छ। शिक्षामूलक वक्तृत्व क्लबहरूबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान र समृद्ध टोस्टमास्टर्स संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानअन्तर्गत पाँचवटा संयुक्त बैठक सम्पन्न गरिए।
अभियानको अन्तिम बैठक एडुमास्टर्स २०२५ मा भने काठमाडौंका सम्पूर्ण ९ वटा विद्यार्थी क्लबहरूको ऐतिहासिक सहकार्य देखिएको थियो। यसअघि कहिल्यै सम्पन्न नभएको यस्तो बैठकले टोस्टमास्टर्स अभियानलाई विद्यार्थी स्तरमै थप ऊर्जा र गति प्रदान गरेको सहभागीहरूको भनाइ छ।
कार्यक्रमहरू र छलफलका प्रमुख विषयवस्तुहरू के के थिए ?
१. मार्च २ गते (एस × ए.आई.एन)विषयः संकट, परिवर्तन र अवसरविवरणः विदेशी गैरसरकारी संस्थाहरूको सङ्घ (ए.आई.एन – विदेशी संघको सङ्घ) सँगको सहकार्यमा, संकटको अवस्थालाई कसरी अवसरमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा विचार साझा गरियो।
२. मार्च ८ गते (एस × भैसेपाटी × प्रेसिडेन्सियल)विषयः जल्नु भन्दा अघि उम्कनुहोस्विवरणः अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा यो वर्षको मूल नारा ३कार्यमा)तीव्रता)ल्याऔं विषयमा संवाद गरियो। कार्यक्रममा संघीय सांसद अञ्जना शाक्य प्रमुख अतिथि रूपमा सहभागी हुनु भयो।
३. मार्च १८ गते (एस × लक्ष्मी सनराइज)विषयः तपाईंभित्रको बालापनविवरणः व्यस्त जीवनशैलीका बीच हामीभित्रको सरलता, सिर्जनशीलता र रमाइलोपनलाई पुनः जगाउने उद्देश्यले कार्यक्रम संचालन गरियो।
४. मार्च २३ गते (एस × एभरेष्ट)विषयः अवेञ्जर्स अस्सेम्बलविवरणः शैक्षिक क्लब र सामुदायिक क्लबको सहकार्यमा नेतृत्वको विविध स्वरूप र सहकार्यका सम्भावनाबारे छलफल गरियो।
५. मार्च ३० गते – एडुमास्टर्स २०२५विषयः एडुमास्टर्सविवरणः ए.आई.एन, एपेक्स, डि.ए.भी., आइ.आइ.एम.एस., के.सी.एम., के.यू–एस.ओए.म., प्रेसिडेन्सियल, साइम, युनाइटेड गरी नौ वटा विद्यार्थी क्लबबीचको ऐतिहासिक सहकार्यमा आधारित कार्यक्रम टोस्टमास्टर्स आन्दोलनमा विद्यार्थी नेतृत्वको सशक्त उपस्थिति बनाउने कोसिस थियो।
कार्यक्रमहरूमा टोस्टमास्टर्स अन्तर्राष्ट्रियका चार आधारभूत मूल्यहरू — इमानदारी, सम्मान, सेवा र उत्कृष्टता — को अभ्यास गर्दै सहभागीहरूले विभिन्न वक्तव्य, आकस्मिक विषय (टेबल टपिक) र नेतृत्व भूमिकाहरूमा सक्रियता देखाए।
सञ्चालन अवधिभर २३ वटा टोस्टमास्टर्स क्लबहरू सहभागी भएका थिए — सहकार्यकारी, भूमिकामा सहभागी वा श्रोता रूपमा। ती क्लबहरू निम्नानुसार छन्ःअकाडेमिया, ए.आई.एन, एपेक्स, भक्तपुर, भैसेपाटी, बोधी, बुटवल, डि.ए.भी., एभरेष्ट, आइ.आइ.एम.एस., काठमाडौं, के.सी.एम., के.यू–एस.ओए.म., लक्ष्मी सनराइज, लिडबक्स, नर्थमाण्डु, नबिल, प्रेसिडेन्सियल, साइम, शाङ्ग्रिला, स्टान्डर्ड चार्टर्ड, टोखा र युनाइटेड।
क्लब अध्यक्ष मिलन पौडेल भन्छनः“मार्चिङ टुगेदर केवल संयुक्त कार्यक्रमहरूको श्रृङ्खला थिएन। यो त साझा दृष्टिकोण, नेतृत्वको आदान–प्रदान र विद्यार्थी क्लबबीच गहिरो सम्बन्ध निर्माण गर्ने अभियान थियो। एडुमास्टर्स २०२५ त्यो यात्राको उच्चतम बिन्दु मात्र होइन — अब सुरु हुने नयाँ यात्राको प्रारम्भ हो।”
अब क्लबले एडुमास्टर्स कार्यक्रमलाई नियमित वार्षिक कार्यक्रमको रूपमा सञ्चालन गर्ने योजना बनाएको छ, जसले विद्यार्थी क्लबहरूबीच थप गहिरो सहकार्य र सशक्त टोस्टमास्टर्स संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ।