आज ७२ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने नाराका साथ मनाइँदैछ । नेपालमा कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । सङ्ख्या घट्दै गएपछि नेपाल कुष्ठरोगमुक्त नजिक पुगेको छ ।
नेपालमा सन् २०१९ को तुलनामा सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा झन्डै ५० प्रतिशतले घटेकोे विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा. राजेश पाण्डवले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । Hublot replica watches
सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ । उहाँले लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै पालिकाले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको प्रतिवेदन पेश गरेका बताउनुभयो । buy Patek Philippe replica
इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिरहा, रौतहट, कपिलवस्तु, बाँकेलगायत १८ वटा जिल्ला अझै पनि उच्च जोखिममा रहेका छन् । Replica Watches Shop
शरीरमा छुँदा थाहा नपाउनु, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता कुष्ठराेगका लक्षण हुन् । यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् ।
कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेकाे विज्ञप्तिमा भनिएको छ ।