गायिका समीक्षा अधिकारीले एआईबाट भिडियो बनाएर आफनो चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छिन् । २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफइल डिजिटल क्रिएटर नामक फेसबुक पेज विरुद्द उजुरी दिएको समीक्षाले बताएकी छिन् । फेसबुक, टिकटक र युट्युवमा समेत आफनोबारे आपत्तिजनक भिडियो पोष्ट गरेको भन्दै समीक्षाले विवरण सहित ब्युरोमा उजुरी दिएकी हुन ।उनले साइबर ब्युरोमा दिएको उजुरीको विवरण फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।
फेसबुकमा समीक्षाले लेखेकी छन्…..मेरो चरित्रहत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर व्युरोमा निवेदन दिएकी छु । मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ । साइबर व्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएको छु । कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकानूनी क्रियाकलाप नगरीदिनुहुन अनुरोध गर्दछु ।