सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै दीपेन्द्रले जिते ६२ लाखको कार

नेपाल प्रिमियर लिग ( एनपिएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी (नेपाली) भएका छन्। प्रतियोगिताभर अलराउन्डर प्रर्दशन गरेको दीपेन्द्रले ओमोडाको ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका छन। जसको मुल्य करिब ६२ लाख रहेको छ । कार प्राप्त गरेपछि उनले आफनो बुबालाई गाडिमा राखि स्टेडियम घुमाएका थिए । replica watches for sale

फाइनलमा उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । एनपिएलमा दीपेन्द्रले ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाएका थिए भने ९ विकेट हात पारेका थिए। फाइनलमा भने उनी चल्न सकेनन् । जम्मा ९ रन बनाउदै आउट भएका दीपेन्द्रले बलिङमा जम्मा १ विकेट लिएका थिए । Replica Watches store

cheap replica watches

Leave a Reply

Your email address will not be published. Required fields are marked *