डीएभी कलेजमा सातौँ अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन, १ हजार जनाको उपस्थिति

ललितपुरस्थित डीएभी कलेजमा तीनदिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन, काठमाडौँ च्याप्टर– २.० को सातौँ एपिसोड भव्यताका साथ सम्पन्न भएको छ । २६ जेठदेखि २८ सम्म सञ्चालित उक्कत सम्मेलनको विषयवस्तु ‘दिगो भविष्यका लागि कृषि, जैविक, वातावरण र जीवन विज्ञानमा विश्वव्यापी दृष्टिकोण’ रहेको थियो । 

हाइब्रिड मोडमा सञ्चालित कन्फ्रेन्समा विश्वका १४ देशका अनुसन्धानकर्ताहरू भौतिक र भर्चुअल रूपमा जोडिएका थिए । नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले यस्तो आशाजनक अवसरमा मुख्य अतिथिका रूपमा सहभागी हुन पाउनु ठूलो सम्मान र खुसीको कुरा भएको उल्लेख गरे । 

DAV-School-(1)-1718267330.JPG
उनले विज्ञान र प्रविधि क्षेत्रका शिक्षाविद्हरूको उत्साह र सहभागिताको प्रशंसा गर्दै सम्मेलनले भावी पुस्ताको सुरक्षा र वर्तमान पुस्ताको आवश्यकतासँग सम्बन्धित प्रस्तुत भएका वैज्ञानिक समाधानका उपायहरूको प्रशंसा गरे । 

डीएभी कलेजका अध्यक्ष अनिल केडियाले कलेज परिसरमा विज्ञान विषयका विद्वान्‌हरूलाई स्वागत गर्दै दिगो भविष्यका लागि कृषि, जीवविज्ञान, वातावरण र जीवन विज्ञानको क्षेत्रमा काठमाडौं विज्ञान सम्मेलन कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे । 

त्यसैगरी, विश्वव्यापी कृषि र वन्यजन्तु सेसनका लागि प्रस्तुत गरिएका अनुसन्धानपत्रहरूले कृत्रिम बुद्धिमत्ता र डिजिटल कृषि, नानो–सामग्रीको भूमिका, ग्लोबल मिलेट्स (श्री अन्न) कृषि, पशु चिकित्सा विज्ञान, कृषि–व्यवसाय व्यवस्थापन र मार्केटिङ प्रविधिलगायतका मुद्दाहरू उठाएका थिए । 

उक्त सम्मेलन भारतको उत्तर प्रदेशको गाजियाबादस्थित कृषि प्रविधि विकास समाज (एटीडीएस) संयोजकत्व र डीएभी कलेज (त्रिभुवन विश्वविद्यालय) को सहायतामा आयोजना गरिएको हो ।  

DAV-School-(3)-1718267349.JPGसम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय र कलेजहरूसहित कुल १४ वटा सरकारी निकाय, विश्वविद्यालय र अनुसन्धान एकाइहरू सह–आयोजकको भूमिकामा थिए ।  त्यसैगरी, भारतका विभिन्न राज्यहरूबाट समान सङ्ख्यामा आएका सहयोगी संस्थानहरूले सम्मेलनलाई विश्वभर पुर्‍याउन सहयोग गरे ।  

सबै प्रतिनिधिहरूले अनुसन्धानको  उद्देश्य, परिकल्पना, विधि, परिणाम र निहितार्थ स्पष्ट रूपमा उल्लेख गर्दै सैद्धान्तिक दृष्टिकोणदेखि  वैचारिक र अनुभवजन्य अनुसन्धानपत्रहरू प्रस्तुत गरे । 

यस अनुसन्धान यात्रामा पाँचवटा जर्नल प्रकाशन गृहहरू पनि संलग्न थिए । यसबाहेक सम्मेलनमा धेरै मौखिक र पोस्टर प्रस्तुत गरिए । सम्मेलनमा १६१७ अवधारणा प्रस्तुत गरिएका थिए भने करिब १ हजार जनाको उपस्थिति थियो । ६५० जना भौतिक रूपमै उपस्थित थिए । बाँकी भर्चुअल रूपमा जोडिएका थिए ।

मौखिक प्रस्तुतिका लागि मात्र ३६५ जनाको भौतिक उपस्थिति र ३८० जनाको भर्चुअल उपस्थिति थियो । त्यस्तै, पोस्टर प्रस्तुतिका लागि २८० जना भौतिक र ४१० जना भर्चुअल रूपमा जोडिएका थिए । मौखिक र पोस्टरका विषयवस्तुहरू मूलतः सोइल साइन्स, एग्रोनोमी, जेनेटिक्स, प्लान्ट ब्रिडिङ, माइक्रोवायोलोजी, केमेस्ट्री र वायोटेक्नोलोजीसँग सम्बन्धित थिए । 

DAV-School-(4)-1718267367.JPGसम्मेलनको आयोजक कमिटीका अध्यक्ष प्राडा एपी गर्ग, सचिव डा. जोगिन्दर सिंह र डा. एसपी विष्ट, कार्यकारी अध्यक्ष र सहसंयोजक, डीएभी कलेजका प्रोग्राम कोर्डिनेटर शशिभूषण चतुर्वेदी सहसंयोजकको भूमिकामा थिए ।

सम्मेलनमा कुल २४ विधाका ग्लोबल इन्टरनेसनल कन्फरेन्स अवार्ड (एटीडीएस २०२४) द्वारा योग्य प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।  लाइफटाइम र स्थायी उपलब्धिदेखि विभिन्न तह र तप्काका वैज्ञानिकहरू, लेखकहरू र शिक्षकहरूलाई ज्ञानका विभिन्न क्षेत्रहरूमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएका छन् । 

विज्ञान र प्रविधिको ज्ञान प्रवाहका लागि लगभग १ सय अग्रणी शिक्षाविद्, प्राध्यापक, विशेषज्ञ, संस्थापक र प्रबन्धकहरू थिए । यसबाहेक सह–संयोजकका रूपमा ३० जना र व्यवस्थापन तथा क्वेरी कमिटीका २० जनाको सम्मेलनमा सहभागिता थियो । 

DAV-School-(5)-1718267438.JPG
आयोजक कमिटीका अध्यक्ष प्रा.डा. अम्मर गर्गले कार्यक्रमलाई भव्य, सभ्य एंव दिव्य रूपमा सम्पन्न गर्न विभिन्न भूमिका र जिम्मेवारीमा रहेका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै सम्मेलन औपचारिक रुपमा समापन गरेका थिए ।  

कार्यक्रमलाई सफलतापूर्वक सम्पन गर्न रिचा चौधरी, सुदीप अधिकारी, श्रीलता वाग्ले, अन्जना चौधरी र सीमा अधिकारीको उल्लेख्य भूमिका थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *