दलहरूले समय मागेपछि दुई दिन स्थगित गरिएको प्रतिनिधिसभा बैठक आज बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । यसअघि आइतबार र सोमबार बस्ने बैठक दलहरूले समय मागेपछि सूचना टाँसेर स्थगित भएको थियो । आज भने बैठक बस्न लागेको हो ।

आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पनि पढेर सुनाउने कार्यसूची छ ।

सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । डा. अमरेशकुमार सिंहले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शिर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

त्यस्तै पुष्पबहादुर शाहले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् भने बद्रीप्रसाद पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

रमा कोइराला पौड्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्दा सञ्जयकुमार गौतमले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय शीर्षकको खर्च घटाउने प्रस्ताव गर्नेछन् ।

kumari bank

आज विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *