टी-२० विश्वकप क्रिकेटका लागि भारतले राष्ट्रिय टिमको घोषणा गरेको छ । राेहित शर्माकाे कप्तानीमा भारतले १५ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हो ।
टाेलीमा ऋषभ पन्तले पुनरागमन गरेका छन् । तर, शुभमन गिल पहिलो १५ खेलाडीकाे सूचीमा अटाएका छैनन् । उनलाई अन्य तीन खेलाडीसँगै रिजर्भमा राखिएको छ ।
शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि टाेलीमा स्थान पाएका छन् । स्पिनर युजवेन्द्र चहल पनि टिममा फर्किएका छन् ।
यस्ताे छ भारतीय टिम
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सैमसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रित बुमराह ।
यसबाहेक शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ ।