भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग

सुर्खेत । चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको विषय संसदमा प्रवेश गरेको छ ।‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासी मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘खास भएको के हो ? यो घटनाले समग्र कर्णाली प्रदेश, जनताहरूलाई प्रभाव पार्ने गरेर घटना आएको छ । अहिले पनि शव अस्पतालबाट  उठाउन परिवारले मानिरहेका छैनन् ।’ 

यसलाई लामो समयसम्म राख्नुले अस्पताल र प्रदेश सरकारमाथि प्रश्न उठ्ने उनले बताए । सत्यतथ्य छानबिन गरेर छिटोभन्दा छिटो उचित व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह समेत गरे । भीमाका आफन्तहरूले डाक्टरको  लापरबाहीकै कारण मृत्यु भएको भन्दै विभिन्न मागहरू राख्दै शव बुझ्न मानिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *