एमाले प्रतिनिधि परिषद् बैठकमा नि:शुल्क वाईफाई, सबै दस्तावेज एपबाट हेर्न सकिने

७ वैशाख, काठमाडौं । नेकपा एमालेले भोलिबाट ललितपुरको गोदावरीमा सुरू हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ ।

बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक, आयोगहरू तथा सल्लाहकार परिषद्ले दशौं महाधिवेशन यताका गतिविधि समेटेर प्रतिवेदन पेश गर्ने तयारी छ । ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् ।

परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहभागीहरुको सुझाव समेत एपबाटै लिने व्यवस्था गरिएको बताए । उनका अनुसार, पार्टीले लिनुपर्ने कार्यक्रमबारे सहभागीहरुबीच पोल (मत सर्वेक्षण) समेत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *